सरकार विरुद्ध चरिकोटमा कांग्रेसको प्रदर्शन



नेपाली काँग्रेस दोलखाले केपी सरकारको निरंकुश संविधान विरोधी कदमको विरुद्धमा विशाल मशाल जुलुस प्रदर्शन गरेको छ । चरिकोट बजारमा सो जुलुस प्रदर्शन गरिएको हो । सैयौंको संख्यामा रहेका काँग्रेस कार्यकर्ताले मसाल जुलुस सहित केपी सरकारले गरेको असंबैधानिक प्रतिनिधिसभा विगठनको विरुद्ध चर्कानारा लगाएका थिए । मशाल जुलुसको क्रममा प्रहरी र प्रदर्शनकारी विचमा केहीबेर ठेला ठेलको अवस्था समेत सीर्जना भएको थियो । मशाल जुलूस पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस दोलखाका सभापती रुद्रबहादुर खड्काले लोकतन्त्रमा कम्युनिष्टलाई सत्तामा पुर्याउनु गल्ती भएको कुरा अहिले केपी सरकारको वर्तमान कदमबाट प्रमाणित भएको बताए । झापामा मानिसको टाउको काटेर ज्यानमुद्दालागेको केपी ओली लाई करिब दुइतिहाई मत दिएर विजय गराउनुको परिणामा आज संविधाननै खतरामा परेको उनले बताए । देशलाई आर्थिकरुपमा टाट पल्टाउने काम केपी सरकारबाटै भएको उनको जिकिर थियो । यस्तै नेपाली काँग्रेसका पूर्व सभापती देविप्रसाद न्यौपानेले कम्युनिष्ट कहिल्यै लोकतन्त्रबादी हुन नसक्ने तथा नेपाली काँग्रेसबाट मात्रै लोकतन्त्रको रक्षा हुने बताए । नेपाली काँग्रेसका पूर्व पार्टी सभापती ताराबहादुर कोइरालाले केपी ओलीको प्रतिनिधि सभा भंगगर्ने सर्वसत्तावादी शासन शैलीको विरुद्धमा भएको आन्दोलन सबैको भएकोले आम नेपाली जनतालाई साथ दिन आग्रह गरे । नेपाली काँग्रेस निर्वाचन देखि नडराउने बताउँदै नेपाली काँग्रेसले निर्वाचन जित्नु हार्नु सामान्य कुरा भएको तर लोकतन्त्रको रक्षा सबै भन्दा ठूलो कुरा भएकोले काँग्रेस आन्दोलनमा होमीएको बताए । यस्तै काँग्रेस नेतृ गीता शिबाकोटीले ओली सरकारले गरेको देशद्रोही कदम का विरुद्ध नेपाली काँग्रेस आन्दोलनमा आएको बताईन । तीनैतहको निर्वाचन गराएर लोकतन्त्रलाई मजबुत बनाउने नेपाली काँगे्रस आज लोकतन्त्रमा माथी खतरा देखेर जनअधिकार रक्षाकोलागि सडकमा आएको बताइन् ।


प्रतिक्रिया दिनुहोस