प्रथम कालिञ्चोक अध्यक्षकपको पहिलो उपाधी आयोजक टिमलाई



सुबास बस्नेत दोलखा,१८पुस। दोलखाको कालिञ्चोक गाउँपालिकाले प्रथम अध्यक्षकप अन्तरपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।गाउँपालिकाले खेल क्षेत्रको विकास गरि समन्नुत समाज निर्माण गर्ने उद्देश्यले सुरु भएको प्रथम कालिञ्चोक अध्यक्षकप खुल्ला भलिबल प्रतियोगिताको प्रथम उपाधी आयोजक टिम कालिञ्चाे गाउँपालिकाले हात पारेको छ।गत बुधबार बाट सुरु भएको प्रतियोगिताको दोस्रो उपाधी जिल्लाको गौरीशंकर गाउँपालिकाले हातपार्न सफल भएको छ।त्यसैगरी प्रतियोगितामा विगु गाउँपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको छभने  आयोजक कालिञ्चाेक डि टिम सान्तोना भएको आयोजक गाउँपालिका कालिञ्चाेकका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलिले जानकारी दिए।उपाधि हासिल गर्ने खेलाडीहरुलाइ सनिवार खेल समापन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रम अध्यक्ष विनकुमार थामी र जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले एक कार्यक्रमका बीच भलिबल प्रतियोगितामा उपाधी हासिल गर्ने बिजयी खेलाडीहरुलाइ प्रथमहुने लाई रु,एक लाख पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरेका छन्।त्यस्तै दोस्रो हुने खेलाडीलाई सत्तरी हजार ट्रफी, मेडल र प्रमाणपत्र,तृतीयलाई पचास हजार ट्रफी,मेडल प्रमाणपत्र र सान्तोना टिमलाई तीस हजार सहित मेडल प्रमाणपत्र वितरण गरेका छन्।गाउँपालिकाले पहिलोपटक ठुलो धनराशिको खेल आयोजना गरेको कालिञ्चाेक गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए।गाउँपालिकाको वडा ५ लापिलाङमा भएको खेलमा दोलखा जिल्लाभरका नौ स्थानीयतहका १२ वटा टिमले खेलमा भागलिएका थिए।प्रथम कालिञ्चोक अध्यक्ष कपको वेस्ट खेलाडीमा विजयराज बस्नेत (प्रतिवा),वेस्ट सटर नविन्द्व घिमिरे ,वेस्ट ब्लकर कृष्णा थापा,वेस्ट रेचमा हरिबंश बुढाथोकी,बेस्ट डिफेन्स राजन तामाङ वेस्ट सेटर सोवित खड्कालाई सम्मान गरिएको

प्रतिक्रिया दिनुहोस