प्रगति समिक्षा तथा एकीकृत फ्रेण्डसिप सेवा अभिमुखिकरण कार्यक्रम सम्पन्न



जिरी – एकीकृत फ्रेण्डसिप साकोसले आज एक समारोह बीच चालु आ.वको शुरुवाती ५ महिनाको प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको व्यवस्थापनमा संलग्न ३१ जना कर्मचारीहरु बीच ०७७ भाद्रमा तोकेको व्यवसायिक लक्ष्य अनुसार हालसम्मको प्रगतिको समिक्षा गरिएको थियो । कार्यक्रममा साकोसको कार्यालय व्यवस्थापनका लागि फाइभ एस सिष्टमको कार्यन्वयन, एकीकृत फ्रेण्डसिप संस्कारको विकास र एकीकृत फ्रेण्डसिप सेवाको गठन तथा छैटौ वार्षिक साधारण सभाले पारित गरेको मानव संशाधन व्यवस्थापन नीति २०७७ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा संचालक समितिको तर्फबाट संस्थाका उपाध्यक्ष गोपाल जिरेलले निर्देशनात्मक मन्तव्य राख्नु हुँदै एकीकृत फ्रेण्डसिपको वर्तमान अवस्थासम्मको साखको अभिवृद्धि गर्दै गुणस्तरिय सेवाका लागि कर्मचारीको क्षमता अभिवृद्धि गर्दै जानु पर्ने कुरामा जोड दिनु भएको थियो भने संचालक समितिले तयार गरेको संस्थागत नीतिहरुको पूर्ण कार्यन्वयनमा व्यवस्थापनको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा ७ जना नयाँ कर्मचारीलाई नियुक्ति पत्र तथा कार्यविवरण प्रदान गर्नुका साथै पुराना कर्मचारीहरुको मानव संशाधन व्यवस्थापन नीति २०७७ बमोजिम पदस्थापन पत्र वितरण गरिएको थियो । कार्यक्रमको संचालन नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले अभिमुखिकरण गराउनु भएको थियो । कार्यक्रममा एकीकृत फ्रेण्डसिप सेवाबाट बाहिरिनु हुने गौरव सेवा केन्द्र प्रमुख श्री चेतप्रसाद न्यौपानेको बिदाई गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस