सुन्द्रावतीमा गाउँपालिकाकै उत्कृष्ट सडक सोलिङ



सुबास बस्नेत दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीमा सानो रकममै संतोषजनक काम भएको पाइएको छ।गाउँपालिकाको अनुगमन टोलिले गाउँपालिका भरिमा अनुगमन गर्दा थोरै बजेटमा वडाले नमुनाकाम गरेर देखाएको कालिञ्चाेक गाउँपालिका प्रमुख प्राबिधिक इन्जिनियर नारायण ओलिले जानकारी दिए ओलिका अनुसार तीनदिन अघि गाउँपालिकाले कामको अनुगमन गर्दा  उत्कृष्ट सोलिङ भएको पाइएकोले यो  गाउँपालिका भित्रमै नमुना र राम्रो काम गरेको दाबी गरे।
छापस्वारा- सुन्द्रावती सडक खण्डमा गाउँपालिकाले चालु वर्षमा छुट्याएको ५ लाख रकमले ढुङ्गा लगायतका निर्माण सामाग्री खरिद गरेर पहिलो चरणमा २ सय ९० मिटर सडक सोलिङ गरेको कालिञ्चाेक गाउँपालिका वडानम्बर ९ सुन्द्रावतीका वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए।सोलिङ गर्न बाकीरहेको सडकमा थप सोलिङ गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम शीर्षकको १३ लाख अनुदान खर्चेर दोस्रो चरणमा थप पाँच सय मिटर सडक सोलिङ गर्ने तयारी गरेको वडा अध्यक्ष मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस