नेपाली काँग्रेस दोलखाद्वारा ९ स्थानीय तहमा बृहत विरोध-सभा



                                                                  दाेलखा – नेपाली काँग्रेस दोलखाले जिल्लाको ९ ओटै स्थानीय तहमा शनिबार विरोध सभाको आयोजना गरेको छ ।७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रम अनुसार नेपाली काँग्रेस दोलखाले जिल्लाको गौरीशंकर, विगु, कालिञ्चोक, शैलुङ, बैत्यश्वर, तामाकोशी, मेलुङ गाउँपालिका र भीमेश्वर तथा जिरी नगरपालिकामा एकसाथ विरोध सभाको आयोजना गरेको हो ।

संसद् विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरि संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस दोलखाले जिल्लाको ९ ओटै स्थानीय तहमा विरोध सभाको आयोजना गरेको नेपाली काँग्रेस दोलखामा सभापति रुद्रबहादुर खड्काले बताए । शनिबार कालिञ्चोक गाउँपालिकाको लापिलाङमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै काँग्रेस दोलखाका सभापति खड्काले यस्तो बताएका हुन् ।

कालिञ्चोक गाउँपालिकाको लापिलाङमा आयोजित विरोध सभालाई रुद्रबहादुर खड्काले, गौरीशंकर गाउँपालिकाको भोर्लेमा आयोजित विरोध सभालाई आङनिमा शेर्पाले सम्बोधन गरेको नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका सभापति श्यामसुन्दर तामाङले जानकारी दिए। त्यसैगरी विगु गाउँपालिकाको गुम्बाडाँडा लादुकमा आयोजित विरोध सभालाई केशव राज चौलागाईंले, बैत्यश्वर गाउँपालिकाको मिर्गे लहरेमानेमा आयोजित विरोध सभालाई सचीव बालकृष्ण आचार्यले, मेलुङ गाउँपालिकामा बर्मा लामाले, शैलुङ गाउँपालिकाको बागखोरमा पूर्व सभापती ताराबहादुर कोइरालाले, तामाकोशी गाउँपालिकाको जफेमा भवेन्द्र कार्कीले, जिरी नगरपालिको लिङ्कन बजारमा पूर्व  सभापती देवीप्रसाद न्यौपाने तथा भीमेश्वर नगरपालिकाको चरिकोटमा ईश्वर मानन्धरले प्रमुख बक्ताको रुपमा सम्वोधन गरेको नेपाली काँग्रेस दोलखाले जनाएको छ । भीमेश्वर नगरपालिकामा विरोध जुलुस पश्चात कार्यकर्ता भेलाको आयोजना गरिएको पार्टी सचीव सन्तोष रिमालले जानकारी दिए ।

कालिञ्चोक गाउँपालिकाको लापिलाङमा आयोजित कार्यक्रममा नेकपाका दुबै गुट परित्याग गरि करिब २ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेको कालिञ्चोक गाउँपालिकाका सभापति अर्जुन शिवाकोटीले बताए । यस्तै बैत्यश्वर गाउँपालिकाको मिर्गे लहरेमानेमा आयोजित कार्यक्रममा नेकपा परित्याग गरी पर्यटन ब्यावसायी एवंं समाजसेवी झलक पाख्रिनको नेतृत्वमा ४८ जना नोपली काँग्रेसमा प्रवेश गरेको नेपाली नेपाल तरुण दल बैतेश्वरका अध्यक्ष एम कुमार तामाङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस