जनमुखी साकोसको अध्यक्ष र उपाध्यक्ष ठुलो मतान्तरले दहाल र शर्मा विजयी



दोलखा,माघ१८।दोलखाको बैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा रहेको जनमुखी बचत ऋण सहकारी संस्थाको सनिवार सम्पन्न निर्वाचनको मतगणना सकिएको छ।कुल १२ हजार ५ सय मतदाता रहेको सहकारीमा नयाँ संचालको लागी ३१९२ जना सेयर सदस्यले मतदान गरेका छन्।सनिवार बिहान ८ बजेबाट सुरुभएको समितिको चुनाव ५ बजेसम्म सम्म चलेको थियोे।मतदान सकिएको करिब ३ घण्टा पछिबाट सुरुभएको मतगणना आइतबार दिउँसो ४बजे सकिएको छ।सहकारीको अध्यक्षमा पुर्व अध्यक्ष समेत रहेका माधव प्रसाद दाहाल १९३० मत ल्याएर अध्यक्षमा विजयीभएका छन्।अध्यक्ष पदमा वर्तमान अध्यक्ष समेत रहेका सिताराम दहालले ९३४ मतमात्र लाएको निर्वाचन समितिले जनाएको छ।त्यसै सहकारीमै सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा गिता कृष्ण शर्मा विजयी भएका छन्।उपाध्यक्ष शर्माले शंकर बस्नेतलाई ठुलो मत अन्तरले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्।उनले १९५३ मत ल्याउन सफलभएका छन् भने अर्का उमेदवार बस्नेतले ७७४ मतमात्र लाएको निर्वाचन समितिका प्रमुख तारा प्रसाद पन्तले जानकारी दिए।त्यसैगरी साविक काब्रे सदस्यमा १४७७ मत ल्याएर राजकुमार दहाल निर्वाचित भएका छन् भने,साविक नाम्दु सदस्यमा कमल प्रसाद चौलागाईंले १०९२ मत ल्याएर विजयी भएका छन्।दलित सदस्यमा १८३१ मत ल्याइ गिता भुजेल विजयी भएको मतदान अधिकृत तारा प्रसाद पन्तले जानकारी दिए।
जनमुखी बचत तथा ऋण सहकारी संस्थाको कुल पुर्जी ९०करोड२१ लाख३१हजार२२सयरहेको छ।


प्रतिक्रिया दिनुहोस