ओलि सरकारको नाटक र नाैटंकि विरुद्ध चरिकोटमा कांग्रेसको हाँसो जुलुस



smart

सुबास बस्नेत
दोलखा,माघ१९।कांग्रेस दोलखाकाभातृ संस्थाहरुले आज सदरमुकाम चरिकोटमा सामुहिक रूपमा कम्युनिस्ट सरकारको नाटकै हो,नौटंकिनै हो,भन्दै नारा लगाएर हाँसो जुलुस तथा विरोध प्रर्दशन गरेका छन्।नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध दोलखाका कांग्रेस निकटका भात्री संघ-संस्थाले केपी ओलि र प्रचण्ड- माधवले नेपालमा नाैटंकि र नाटक मात्र गरेको भन्दै हाँसो जुलुस निकालेका हुन्।विरोध सभामा नेपाली कांग्रेस निकटका भात्रीसंस्थाहरु नेपाल महिला संघ,नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ,दलित संघ,आदिवासी जनजाति संघ,किसान संघ,भुपुशैनिक संघ,तामाङ संघ लगायतका भात्री संस्थाले एकै साथ चरिकोट बजारमा निस्केर बिरोध प्रदर्सन गरेको नेपाली कांग्रेस दोलखा पार्टी सभापति रुद्र बहादुर खड्काले जानकारी दिए।भात्री संस्थाले आयोजना गरेको विरोध सभाका प्रमुख वक्ता खड्काले ओलि सरकारले देशमा अशान्ती निम्त्याएको बताएका छन्।उनले कांग्रेसले लामो सङ्घर्स गरेर निर्माण गरेको सविधानलाई कुल्चिएर तानाशाही प्रवृतिको बिकास गर्न खोजेको समेत बताएका छन्।दोलखालि जनताले अत्यधिक मत दिएर जिताएका दोलखाका कम्युनिस्ट नेताले सरकारमा बसेर कुनै बिकास निर्माणको काम नगरेको वर्षाैदेखी अलपत्र लामोसाँघु चरिकोट सडक निर्माण गर्न चासो नदिएको बताएका छन्।दोलखाका सांसद कमिसन र कमाउनमा बिकेर दोलखामा बिकास हुन नसकेको बताएका छन्।त्यसैगरी बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता इश्वर नारायण मान्धरले तानाशाही कम्युनिस्ट विरुद्ध सडकमा निस्केर सविधानको पक्षमा निरन्तर बिरोध तथा प्रदर्शन गर्ने बताए।त्यस्तै कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले दोलखाका कम्युनिस्ट नेताले दोलखालि जनतालाइ झुठो बोलेर निरन्तर ठगिरहेकोले अब कांग्रेसले झुठको खेती गर्न नदिने बताए।सरकारमा रहेका दोलखाका सांसदले जडिबुटी तस्करी गर्ने गरेको समेत आरोप लगाएका छन्।नेता काफ्लेले २४ घन्टा काठमाडौ ओहोरदोहोर गर्ने मुख्य राजमार्ग लामोसाँघु चरिकोट सडक बन्न नसक्नु प्रमुख कारण यिनै मन्त्री र सांसद रहेको बताए।उनले सडकका ठेकेदार बाट कमिसन लिएर रुपैयाँमा बिकेको आरोप समेत लगाएका छन्।कांग्रेस दोलखाको भात्री संस्था नेपाल महिला संघकि अध्यक्ष कृष्ण कुमारी खड्काको अध्यक्षमा सम्पन्न भएको कार्यक्रम नेपाली कांग्रेस दोलखाको पार्टी कार्यालय बाट  हाँसो जुलुस निकाल्दै सरकार विरुद्ध नारा जुलुस लगाउदै बजार परिक्रमा गरेर सातदोबाटो चोकमा कोणसभामा परिणत भएको थियो।कार्यक्रमलाई सबै भात्री संघसंस्थाका नेता तथा प्रतिनिधिले सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस