एक सय५८जना कैदी सहित दोलखामा एक हजार चार सय ६३जनाले लिए कोरोना विरुद्धको खोप



दोलखा,माघ-२३।जिल्ला कारागार दोलखामा रहेका१५८जना कैदिबन्दीलाई बिहीबार कोरोना  विरुद्धको भ्याक्सिनको पहिलो डोज दिन सुरु गरिएको छ।जिल्ला कारागार दोलखामा रहेका कैदीमा कोरोना भाइरसको संक्रमण नहोस् भन्ने,उदेश्यले बिहीबार१५८जनालाई स्वास्थ्यकर्मीकोटोलीले कारागार पुगेर कारागार भित्ररहेका कैदीलाई खोप दिएको हो। बिहिवार खोप लगाउन छुटेका कैदीले शुक्रबार पनि खोप लिन सक्ने छन्। गत बुधबारदेखि दोलखामा कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिनसुरु गरिएको छ।बुधबारदेखि बिहीबारसम्म ८दिनकोअवधिमा दोलखा १४६३जनाले कोरोना भाइरस विरुद्धको पहिलो चरणको पहिलो डोज लगाएका छन्।जिल्लामा सबैभन्दा बढी कोरोना विरुद्धको भ्याक्सिन लिनेहरुमा सामुदायिक महिला स्वास्थ स्वयंसेवीका रहेका छन्।जिल्लाका नौ वटा स्थानीयतहका ७७७ जना स्वास्थ्यकर्मी,१२५५ जना महिला स्वास्थ्य स्वयंसेविका ५२जना सरसफाइकर्मी तथा चालक र५६जना सुरक्षाकर्मी गरि दोलखामा कूल दुईहजार एकसय ४०जनालाई कोरोना भाइरस विरुद्धको पहिलोचरणको पहिलो मात्राको खोपको पहिलो डोज लगाईने कार्यक्रम तयार गरिएपनी आठ दिनको अवधिमा उल्लेखित रूपमा खोप लगाउनेहरुको संख्या नबढेको पाइएको छ।आठ दिनको अवधिमा नौ स्थानीयतहका १४६३ जनाले मात्र कोरोना विरुद्धको पहिलो चरणको डोज लिएका छन्।जिल्ला स्वस्थ्यकार्यालय दोलखाले दिएको तथ्यांकअनुसार बिहीबारसम्म १४६३ जनाले पहिलो डोज लिएका हुन्।कार्यालयले पहिलो चरणमा खोप लगाउन छुटेका सबै स्थानीयतहका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र अन्य कर्मचारीलाई बिहीबार र शुक्रबार खोप दिने जनाएको छ।बिहीबार पहिलो चरणमा खोप लगाउन छुटेका २५ जना कर्मचारी र १५८ जना कैदिलाई खोप लगाइएको छ।बिहिवार खोप लगाउन छुटेकाहरुले शुक्रबार चरिकोट र जिरी अस्पतालमा गएर खोप लगाउन सक्ने जिल्ला स्वस्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस