सरकार विरुद्ध दोलखा काँग्रेसका शुभेच्छुक संस्थाको विरोध प्रदर्शन तथा मौन जुलुस



smart

सुबास बस्नेत
दोलखा,माघ२३।नेपालीकांग्रेस दोलखाका
शुभेच्छुक संस्थाहरुले आज(सनिवार) दोलखाको सदरमुकाम चरिकोट बजारमा प्रतिगामीओलि सरकार विरुद्ध मुखमा कालो माक्स,टाउको तथा पाखुरामा कालो पट्टी बाधेर बिरोध प्रदर्शन तथा मौन जुलुस निकालेका छन्।बिहान ११ बजे नेपाली कांग्रेस दोलखाको पार्टी कार्यालय बाट सुरु भएको जुलुसले मौन रूपमा बजार परिक्रमा गरेको छ्।कार्यक्रममा नेपाल टेड्र युनियन दोलखा अन्तर्गतका सवै संस्था,नेपाल प्रेस युनियन दोलखा,शिक्षकसंघ दोलखा,ब्यापार संघ दोलखा,निजामती कर्मचारी संघ,महिला संघ दोलखा लगायतका २४वटा शुभेच्छुक संस्थाहरु सामुहिक रूपमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन्।माघ१३गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो। smart[/captionपार्टीको सोही निर्देशन अनुसार नेपाली कांग्रेस २४वटा शुभेच्छुक संस्थाले बिरोध प्रदर्शन गरेका हुन्।नेपाली कांग्रेस शुभेच्छुक संस्थाले आज ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।
विरुद्ध प्रदर्शनमा भिन्न पेशाकर्मी तथा श्रमजीवीहरुले प्रतिनिधि सभा विघटन फिर्ता गर,श्रमजीवीहरुको पारिश्रमिक निर्धारण गर,महिला हिंसा बलात्कार बन्द गर लगायतका अन्य दर्जनौं माग लेखिएका प्रेकाड सहित मुखमा कालो माक्स र टाउको तथा पाखुरामा कालो पट्टी बाधेर प्रदर्शन गरेको कांग्रेस ट्रेड युनियन दोलखाकाअध्यक्ष राम्जी प्रसाद चौलागाईंले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस