नेपाली कांग्रेस दोलखाले सरकार विरुद्ध फागुन-३ गते बिरोध प्रदर्शन गर्ने




सुबास बस्नेत
दोलख,माघ२९।नेपाली कांग्रेस दोलखाले पार्टीको केन्द्रिय निर्देशन अनुसार आगामी फागुन ३ गते जिल्लाको सदरमुकाम चरिकोटमा बिरोध प्रदर्शन गर्ने भएको छ।दोलखामा हुने बिरोध प्रदर्शनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले जानकारी दिएका छन्।सभापति खड्काका अनुसार कांग्रेस दोलखाले फागुन ३ गते जिल्ला भित्ररहेका सयौं कार्यकर्तालाइ जिल्लामा उपस्थिति गराएर केपी ओलि सरकार विरुद्ध बृहत बिरोध पर्दर्शन गर्ने तयारी गरेको जानकारी दिए। कांग्रेस दोलखाका सभापति खड्काले जिल्लाका ९ स्थानीय तहमा रहेका कांग्रेस प्रेमी सबै कार्यकर्ता शुभेच्छुकतथा भातृ संस्थालाई बिरोध सभामा सहभागी भएर प्रतिगामी ओलि सरकार विरुद्ध आवाज उठाउन जिल्लाभर रहेका सबै कार्यकर्तालाई अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस