ओलि सरकार विरुद्ध कांग्रेस दोलखाको चरिकोटमा बृहत बिरोध प्रदर्शन



 सुबास बस्नेत दोलखा,फागुन-३।नेपाली काँग्रेस केन्द्रिय कमिटिको निर्णय बमोजिम नेपाली काँग्रेस दोलखाको आयोजनामा केपी ओलीले असंबैधानिक ढंगले प्रतिनिधि सभा विगठन गरेको विरोधमा बृहत विरोध प्रदर्शन गरिएको छ । सदरमुकाम चरिकोटमा सोमबार विरोध प्रदर्शन गरिएको हो।विरोध जुलुसले नगर परिक्रमा गरे पश्चात भएको विरोधसभा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो।विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य घिमिरेले केपीओलि र दोलखाका मन्त्री पार्वत गुरुङ अब दोलखामा पुरानो पात भएको बताए।दोलखाली जनताले अत्यधिक बहुमत दिएर सरकारमा पठाएका मन्त्री गुरुङले दोलखाली जनताको लागी केहि गर्न नसकेकोहुँदा अब गुरुङ दोलखामा झर्न लागेको पुरानो पात मात्र भएको उनको भनाई थियो ।प्रधानमन्त्री ओलिले बैशाखमा कुनैपनि हालत चुनाव गर्न नसक्ने उनले दावी गरे।त्यसैगरी नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य जिपछिरीङ लामाले प्रधानमन्त्री ओलिले संविधानलाई कुल्चिएर एक्लै चल्न खोजेको आरोप लगाए ।१० महिना देखी घरमा बसेर सिङ्गो मुलुक चलाएको भन्दै ओलीले देश विगार्ने काम मात्र गरेको लामाले  बताए । आफुले निर्माण गरिरहेको चरिकोट–जिरी सडक तोकेको समयमै सम्पन्न गर्ने जानकारी लामाले उक्त अवसरमा दिए ।विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले तानाशाही ओलिले देशमा भ्रष्टाचार तथा बलात्कारका घटना दिनप्रतिदिन बढीरहदा पनि केहिगर्न नसकेको बताए । ओलिका कार्यकर्ताले उनकोआडमा खुल्ल्ोआम भ्रष्टाचार गर्ने गरेको खड्काको भनाई थियो ।बिरोध सभालाई नेपाली काँग्रेसका पुर्व पार्टी सभापति ताराबहादुर कोइराला,देवि प्रसाद न्यौपाने, काँग्रेस नेताहरु, इश्वर नारायण मानन्धर, बर्मा लामा,गिता शिवाकोटी, पार्टी सचीव बालकृष्ण आचार्य,तरुण दल अध्यक्ष दावासाङे शेर्पा,काँग्रेस युवा नेता महेश काफ्ले लगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा नेकपाका विभिन्न गुट परित्याग गरी  करिब ३ दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।नवप्रबेशी हरुको तर्फबाट बोल्दै बैतेश्वर गाउँपालिका वडानम्बर ३ का नेकपाका  जीवन दाहालले १५ वर्ष देखी बुबा लागेको पार्टीले घिनलाग्दो हर्कत गरेकाले बुबाको पार्टी छोडेर हजुरबुबाको पार्टीमा आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस