तरुण दल दोलखाका दुई युवा नेताद्वारा विगुआलाम्पुका थामीलाई ज्याकेट वितरण




सुबास बस्नेत दोलखा,फागुन ५,दोलखाको विगु गाउँपालिका वडा नम्बर-६ आलाम्पुका २४०जना बुढेसकाल लागेका थामीलाई नेपाल तरुण दल दोलखा अध्यक्ष दावासाङे शेर्पा र तरुण दलका युवानेता कर्मा शेर्पाले ज्याकेट वितरण गरेका छन्।तरुण दलका दुई युवानेता शेर्पाले ५१औ प्रजातान्त्रिक दिवसको अवसरमा नेपाली कांग्रेसमा आबद्ध आलाम्पुका थामीहरुले निर्माण गरेको भिमबहादु स्मृतिभवनको उद्घाटनको दिन पारेर नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य  एवं सांंसद छिपछीरिङ शेर्पाको हात बाट १०४ वर्षिया जेष्ठ महिला सुकुमाया थामिकि छोरीलाइ ज्याकेट दिदै वितरण गरेका थिए।

smart

लामो समय देखी राजनीति तथा समाजसेवामा सक्रिय तरुण दल दोलखाका अध्यक्ष युवा नेता शेर्पाले थामिलाइ ज्याकेट वितरण गर्दै दोलखा जिल्लाको दुर्गम ठाउँ आलाम्पुका थामीको जिउज्यानलाई केहि न्यानो महसुस होस् भन्ने उदेश्यले भाइ कर्मा शेर्पा संग सल्लाह गरेर ७० वर्ष उमेर माथिका २४० जना थामीलाई ज्याकेट वितरण गरेको जानकारी दिए।ज्याकेट वितरण गर्दै तरुण दल दोलखाक युवा नेता कर्मा शेर्पाले जिल्लाकै दुर्गम उच्च ठाउँमा रहेका एक सय वर्ष माथिका ९जना र दुई सय२९ जना ७० वर्ष उमेर नाघेका बुढेसकाल लागेका थामीहरु ज्याकेट पाएपछि खुसी देखिएको बताए।


प्रतिक्रिया दिनुहोस