स्वर्गीय कांग्रेस नेता भिम बहादुर तामाङको सम्झनामा आलम्पुमा स्मृति भवन निर्माण



सुबास बस्नेत दोलखा,फागुन ५।नेपाली कांग्रेसका स्वर्गीय नेता भिम बहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस विगुले आलाम्पुमा भिम बहादुर तामाङ स्मृति भवन निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन गरिएको छ।बुधबार नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य नेता जिपछिरीङ शेर्पा र नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्कालेभवनको उद्घाटन गरेका हुन्।नवनिर्मित स्मृति भवन उद्घाटन गर्दै पुर्व केन्द्रिय नेता लामाले थामीहरुको बहुमतले चुनाव जितेका नेकपाका मन्त्री पार्वत गुरुङ लगायतले थामिहरुको गाउँटोल बिकासमा चासो नदेखाएको बताए।थामिको दुखमा सात दिने पुरानो पार्टी नेपाली कांग्रेस भएको देखेपछि आलम्पुका थामिले कांग्रेस पार्टीलाई साथदिन थालेको बताए।नेता लामाले विगुका प्रत्येक विकास निर्माण देखी थामिका गुम्बा,भुमे,तथा विद्यालयलाई आर्थिक सहयोग गर्ने बताए।नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत रहेका हस्त थामिको सक्रियताले नेपालमैले पहिलो स्वर्गीय नेता भिम बहादुर तामाङको स्मृति भवन निर्माण भएकोमा हस्त थामीलाई धन्यवाद दिए।त्यसैगरी नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गम क्षेत्रमा रहेका थामीहरुको अमुल्य मतको नेकपाका नेताहरुले सम्मान गर्न नसकेको हुँदाआलम्पुमा कांग्रेसको जन्म भएको बताए। उनले आगामी निर्वाचनमा सोचेर मतदान गर्न थामीलाई अनुरोध गरेका छन्।थामीहरुलाइ सहयोग गर्ने थामिका समस्या सुल्झाउने एक मात्र पार्टी कांग्रेस भएको बताए।नवनिर्मित भवनलाई कांग्रेस प्रेमी ४८जना नेताकार्यकर्ताले स्वदेश विदेश बाट आर्थिक जोहो गरेर स्मृति भवनलाई वडा कार्यालय भवनको रूपमा प्रयोग गर्ने हितले निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष एवं कांग्रेस नेता हस्त बहादुर थामीले जानकारी दिए।भवन उद्घाटन कार्यक्रमको अवसरमा ७० जना भन्दा बढी नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा खुसी हुँदै पार्टी प्रवेश गरेका छन्।कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापतिहरु तारा बहादुर कोइराला,उद्व राज काफ्ले,देवि न्यौपाने,जिल्ला नेता बर्मा लामा,इश्वर नारायण मान्नधर,प्रभुराम श्रेष्ठ,विगु गाउँपालिका अध्यक्ष युदिस्टी खड्का,नेपाल तरुण दल दोलखा अध्यक्ष दावासङे शेर्पा,भवन निर्माण समितिका अध्यक्ष हस्त बहादुर थामी,नेपाली कांग्रेस विगुका पार्टी सभापति तथा वडा सभापतिहरू लगायत जिल्लाका अन्य नेता हरुले


प्रतिक्रिया दिनुहोस