गौरीशंकर बालगृहका ३० जना परिवार बिहिन बालबालिकालाई तरुण दल दोलखा अध्यक्षद्वारा न्यानो वितरण



दोलखा,फागुन-६।दोलखाको भिमेश्वर नगरपालिकामा रहेको गौरीशंकर बालगृहका परिवार बिहिन ३० जना बालबालिकालाई नेपाल तरुण दल दोलखा अध्यक्ष दावासाङ्गे शेर्पाले न्यानो कपडा वितरण गरेका छन्।आज (बिहीबार)नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं सांसद जिपछिरीङ लामाको हात बाट परिवार बिहिन बालगृहको रेखदेखमा रहेका दोलखा लगायत सात जिल्लाका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको जानकारी दिए।अध्यक्ष शेर्पाका अनुसार एकसरो कपडामा रातदिन कटाउने बालबालिकालाई जाडोमा न्यानो होस् भन्ने उदेश्यले आफुले व्यक्तिगत रूपमा न्यानो ट्रयाकसुट वितरण गरेको जानकारी दिए।
गौरीशंकर बालगृहका अध्यक्ष राम प्रसाद सापकोटा अनुसार हाल बालगृहमा दोलखा, सिन्धुपाल्चोक,रामेछाप,ओखलढुंगा, हुम्ला,जुम्ला कालिकोट,लगायतका परिवार बिहिन ३० जना बालबालिका गौरीशंकर बालगृहको संरक्षणमा रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस