मेलुङका अग्नि पीडित खड्कालाई व्यवसायी श्रेष्ठको आर्थिक सहयोग



दोलखा,फागुन,८।दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १का आगलागी पीडित ओमकार खड्कालाई व्यवसायी प्रभुराम श्रेष्ठले आर्थिक सहयोग गरेका छन्।नेपाली कांग्रेसको जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खड्काले७१औ प्रजातान्त्रिक दिवसको अवसरमा रु१० हजार आर्थिक सहयोग गरेका हुन्।विद्युत सट भएर आगलागी हुँदै ओमकार खड्काको भुकम्पपछि निर्माण गरेको दुई तलाको घर र उनाका पिताको दुई तलाको घर जलेर नस्ट भएको पीडित खड्काले बताए। समाजसेवी युवा नेता एवं व्यवसायी श्रेष्ठले यसअघि विभिन्न समस्यामा परेका दोलखाका दर्जनौं पीडितलाई सहयोग गर्दै आएका छन्।बुधबार पनि आगलागीमा घर घुमाएका विगु गाउँपालिका एक व्यक्तिलाई नगत आर्थिक सहयोग गरेका थिए।यसैगरी नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको भवन बनाउन जग्गा खरिद तथा अस्थाइ भवन निर्माण तथा व्यवस्थापन गर्न श्रेष्ठले ११ लाख आर्थिक सहयोग गरेको भन्दै शुक्रबार नेपाली कांग्रेस दोलखाले ११ लाख आर्थिक सहयोग गर्ने श्रेष्ठलाई प्रशंसापत्र दिदै नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य जिपछिरीङ शेर्पाले संमान तथा धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस