मिसिलमा मृतककै फोटो नक्कली देखेपछि आफन्त आक्रोसित, प्रहरी चौकीमै तनाव



काठमाडौं – मिसिलमा मृतकको फोटो नै नक्कली राखेको पाइएपछि मृतकका आफन्तहरु आक्रोसित भएका छन् । प्रहरीले मिलेमतोमा मृतकको फोटो परिवर्तन गर्दै मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी कार्यालयमा रहेमा आफन्तले विरोध जनाएका छन् ।

मोरङको उर्लाबारी–५ का प्रवीण बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए । उनको मृत्यु हुँदाका समयमा सँगै रहेका व्यक्तिहरुलाई छाडेको र मिसिलमा समेत घटनास्थलको फोटो परिवर्तन गरेको भन्दै आफन्तहरुले विरोध जनाएका हुन् ।

प्रहरीले लापर्वाही गरेको भन्दै विरोध जनाएर पुगेका आफन्त र स्थानीय बासिन्दालाई फाइल देखाउँदा स्पष्ट रुपमा नक्कली फोटो टाँसेको पाइएपछि थप तनाव सिर्जना भएको हो ।

मृत अवस्थामा फेला पर्दा मृतकको गलामा सिक्री नभएको र अहिले मिसिलमा चाँदीको सिक्री लगाएको पाइएको छ । यद्यपि मृत अवस्थामा फेला पर्दा चिनिने अवस्थामा देखिएको प्रवीणको फोटो नचिने खालको मिसिलमा राखेको पाइएको छ ।

नचिनिने मुचुल्का रहेको पाइएपछि प्रहरीको लापर्वाही भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।प्रवीणका बुवा प्रेम बास्तोलाले भने, ‘प्रहरीले आफूहरुलाई प्रत्येकपटकको भेटमा अलग अलग जानकारी दिने गर्छ, मर्ने त मरिगए तर न्याय मर्नु भएन ।कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडितको आरोप छ ।

किटानी जाहेरी दर्ता गर्न पटक–पटक इलाका प्रहरी कार्यालय उर्लावारी जाँदा प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काएको मृतककी बहिनी दुर्गा बास्तोलाले बताइन् ।प्रहरी निरीक्षक पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपरेकाले छाडिएको बताए ।


प्रतिक्रिया दिनुहोस