मोतिविन्दुको छनौटमा परेका बैतेश्वरका गरिब आँखा रोगीको निशुल्क अप्रेसन हुने



सुबास बस्नेत दोलखा,फागुन१०।दोलखाको बैतेश्वर गाउँपालिकाद्वारा सञ्चालित बैतेश्वर अस्पतालले गाउँपालिका भित्रका आर्थिक संकट र गरिबीका कारण आँखा रोगको उपचार तथा सल्यक्रिया गर्न नसकेका बिरामी छनौट गरेर गाउँपालिका भित्रका नागरिकको निशुल्क अप्रेसन तथा चस्मा वितरण गर्ने जनाएको छ।आइतबार अस्पतालले बैतेश्वर गाउँपालिका बाट शिविरमा सहभागीभएका आँखामा  मोतिबिन्दु देखिएका २९ जना बिरामी मध्ये अतिअशक्त तथा गरीब बिरामीको शुल्कनलि अप्रेसन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।अस्पतालले बैतेश्वर गाउँपालिका भित्र बसोबास गर्ने बैतेश्वर निवासी६०वर्ष उमेर माथिका महिला तथा पुरुष आँखाका बिरामी छनौटगरि शुल्कनलि चस्मा वितरण गर्ने जनाएको छ।शिविरमा छनौट परेका बिरामीलाई आगामी फागुन १७,१८ र १९ गते दोलखामा सल्यक्रिया गर्ने जनाएको छ।आइतबार तिलगंगा आँखा प्रतिस्ठान काठमाडौ र दोलखा लायन्स आँखा केन्द्र दोलखाको सहयोगमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ को बैतेश्वर अस्पतालमा एक दिने आँखा शिविर सम्पन्न भएको थियो।आर्थिक संकटका कारण आफ्नो आँखाको उपचार गर्न नसकेका बैतेश्वर गाउँपालिका भित्रकाआँखा रोगी बिरामीको हितको लागी गाउँपालिकाले आयोजना गरेको उक्त शिविरमा २४०जना आँखाका रोगीले आँखा जचाएको बैतेश्वर अस्पतालका व्यवस्थापक देव राज खत्रीले जानकारी दिए।यसैगरी अब बैतेश्वर अस्पतालमै आँखारोगका बिरामीले अब दैनिक निशुल्क उपचार गर्न पाउने भएका छन्।


प्रतिक्रिया दिनुहोस