दोलखामा व्यक्तिगत प्यानं नम्बर लिनेको संख्या वृद्धि,५ महिनामा ४ सय ८९ जनाले लिए व्यक्तिगत प्यानं



सुबास बस्नेत दोलखा,फागुन१४।दोलखामा आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालय आएपछि जिल्लामा व्यक्तिगत स्थायी लेखा नम्बरको परिचयपत्र (प्यानं नम्बर)लिनेको संख्या वृद्धि भएको छ।जिल्लामा पाँच महिनाको अवधिमा चार सय ८९ जनाले व्यक्तिगत प्यानं नम्बर लिएका छन्। त्यस्तै छ सय९७जनाले व्यवसायको आयकर दर्ता गरेर प्यानं लिएको पाइएको छ।त्यसैगरी ६९ जनाले अन्त-शुल्क दर्ताको प्यानं लिएका छन्।त्यसैगरी कार्यालय प्रायोजनको लागी २६ वटा डब्लु प्यान दर्ता भएको पाइएको छ भने,६७ वटा भ्याट दर्ता भएको कर कार्यालय दोलखाका कर अधिकृत देवानन्द काफ्लेले जानकारी दिए।काफ्लेका अनुसार आन्तरिक राजस्व बिभागले तिन हजार भन्दा बढीको पारिश्रमिक तथा ज्यालाको भुक्तानी लिनका लागी अनिवार्य प्यान नम्बर लागुगरेकाले पनि पछिल्ला दिनमा व्यक्तिगत प्यानं र व्यवसायको प्यान तथा भ्याट लिनेको संख्या वृद्धि भएको उनले जानकारी दिए।पकटे प्रकृतिका तीन हजार सम्मको भुक्तानी बाहेक प्यानं नलिएका कर्मचारी,कामदारलाई वितरण गरेको तलब भत्ता तथा ज्याला खर्चमा प्यान अनिवार्य गरिएको उनले बताए।त्यसैगरी विभागले दुई हजार भन्दा बढीको प्यानं उल्लेख नभएको बिजकको खर्च भुक्तानी दिनलाई प्यानंमा दर्ता हुनुपर्ने भएपछि जिल्लामा प्यान नम्बर लिने बढेका हुन्।कर कार्यालयमा बढी मात्रामा सहकारीका कर्मचारी,गाउँपालिका वडा कार्यालयका कर्मचारी,विद्यालयका कर्मचारी र सडक पेटीमा काम गर्ने कर्मचारीले प्यान लिनेगरेका छन्। त्यसैगरी नेपाल भर जुनसुकै ठाउमा व्यवसाय खोलेका सानाठूला जुनसुकै रकमका उद्योग,कलकारखाना तथा व्यवसायले अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने भएकाले भ्याटमा दर्ता गर्ने व्यवसायी बढेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए।आन्तरिक राजस्वको कर कार्यालय बसेपछि दोलखा बाट पाँच महिनाको अवधिमा ७ करोड १७ लाख ६० हजार २ सय १८ रुपैयाँ राजस्व उठेको छ।यसअघि सहज ठाउँमा कर कार्यालय नहुदा वर्सौ देखी तिर्न बाकी रहेको राजस्व पनि जिल्लामै कार्यालय बसेपछि दुई तीन वर्ष देखीको बाकी रहेको राजस्व पनि जिल्लाका व्यक्ति तथा कार्यालयहरुले तिर्न आउन थालेको उनले बताए।पुरुषको तुलनामा महिलाको नाममा बढी मात्रमा व्यवसाय तथा व्यक्तिगत प्यानं नम्बर दर्ता भएको कर कार्यालय चरिकोटले जनाएको छ।दोलखाना राजस्व विभागमा दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरुको अनुगमन गरेर कानुनी रूपमा संचालन गर्न कार्यालयले बजार अनुगमन गरिरहेको कर अधिकृत काफ्लेले बताए।

प्रतिक्रिया दिनुहोस