दोलखाको तामाकोशी गाउँपालिका-५ शहरेमा यात्रुबाहक बस दुर्घटना३गम्भीर घाइते



दोलखा,फागुन१५।दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर-५ शहरे पौवा डाँडामा बा२ख ६५९८ यात्रुबाहक बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।आज बिहान काठमाडौंबाट च्यामाको लागी छुटेको उक्त बस दिउँसो करिब साढे१बजेको समयमा दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।बसमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन्।
बसमा करिब २०जना सवार रहेको प्रहरीले जनाएको छ।घाइतेहरूको धुलिखेल अस्पताल किर्नेटारमा उपचार र गम्भीर घाइतेलाई काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।बस सडक बाट करिब २२मिटर तल खसेको छ।दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस