मोबाइल पसल बेचेर कृषिमा लगानी,कृषि व्यवसाय बाट राम्रो आम्दानी



सुबास बस्नेत दोलखा,फागुन १७।दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर-३मिर्गेका पुष्कर बस्नेतले मोबाइल तथा इलेक्ट्रोनिक पसल बेचेर ४५ रोपनी जग्गाभाडामा लिएर एक वर्ष देखी २२ लाख रुपैयाँ लगानी गरेर कृषि व्यवसाय गर्दै आएका छन्।लामो समय  इलेक्ट्रोनिक व्यवसाय गरेका बस्नेत व्यापार फस्टाउन नसकेपछि गाउँमै जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्न थालेका हुन्।उनले अहिले कृषिको व्यवसाय बाट मोबाइल पसलको भन्दा राम्रो आम्दानी हुने गरेको बताएका छन्।२२ लाख लगानीमा सुरु गरेको व्यवसाय बाट अहिले मासिक १५ देखी २० हजार आम्दानी हुने गरेको उनले बताए।बस्नेतले१६ लाख ऋण खोजेर गत वर्ष देखी कृषि सुरु गरेको व्यवसायलाई २२ लाखमा पुर्याएको बताए।सरकारले कृषि क्षेत्रमा लगानी गरेपनि आफुले अहिलेसम्म त्यस्तो कुनै अनुदान पाउन नसकेको दुखेसो गरे।लामो समय काठमाडौ र मैनापोखरीमा इलेक्ट्रोनिक मोबाइल पसल गरेका बस्नेत देश संघीयतामा गएपछि बजारमा व्यापार ठप्प भएको भन्दै पसल बेचेर कृषिमा लागेको सुनाए।उनले अहिले कालिञ्चाेक कृषि पशुपन्छी तथा मछेपालन फर्म दर्ता गरेर कृषि कर्ममा लागेको बताए।उनको फर्ममा अहिले ४५ वटा बाख्रा,३ वटा भैंसी ,६ वटा तरकारीका टनेल रहेका छन्।सिजनमा उनको फर्म बाट १५० केजी टमाटर उत्पादन हुने गरेको बताए।त्यसैगरी दैनिक १० लिटर दुध बिक्री गर्ने गरेका छन्।काउली,टमाटर,सांग,दुध र बाख्रा खसी बिक्रीबाट वार्षिक ३ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए।गाउँपालिका तथा बैंक बाट सहज अनुदान पाउन सके व्यवसायलाई बढाउने योजना रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस