दोलखाको रेडियो भिमेश्वरमा अज्ञात ब्यक्तिद्वारा एन्टेना लगायत महत्त्वपूर्ण सामान तोडफोड



प्रेस विज्ञप्ति

चरिकोट – दोलखाको सदरमुकाम चरिकोटमा रहेको सामुदायिक रेडियो भिमेश्वर एफएममा मंगलबार राती आज्ञात व्यक्तिले तोडफोड गरेको पाइएको छ।विगत ८ बर्षदेखि निरन्तर सञ्चालनमा रहेको तथा आम विनासकारी भुकम्पले ठूलो क्षति पु¥याउँदा समेत निरन्तर सञ्चालमा रहेको भीमेश्वर नगरपालिका–३,चरिकोटस्थित रेडियो भीमेश्वर ९०.८ मेगाहर्जले दोलखाको सञ्चार क्षेत्रमा उल्लेखनिय टेवा पु¥याएको विदितै छ । आम नागरिकको सूचनाको हक स्थापित गराउन निरन्तर लागि परिरहेको रेडियोको २०७७ साल फागुन १८ गते राति १० बजेसम्म निरन्तर प्रशारणमा रहेको रेडियोको भीमेश्वर नगरपालिका–३, देउरालीडाँडा स्थित टावरमा मंगलबार राती अज्ञात ब्यक्तिद्वारा रेडियोको एउटा एन्टेना भाँचिदिनुको साथै एन्टेनामा जोडिने फेडर केबल तथा सातदोवाटोस्थित रेडियोको स्टुडियोबाट लगिएको अप्टिकल फाइबर टुक्रा टुक्रा पारी काटी करिब ३ लाख बराबरको क्षति भएकोले रेडियोको नियमित प्रशारण बन्द भएको रेडियोका स्टेशन मेनेजर रबिन्द्र गौतमले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।सञ्चार जगतमाथि आपराधिक मनस्थिति भएको ब्यक्तिबाट आम नागरिकको सूचनाको हकबाट बञ्चित गराउने जस्तो गम्भिर अपराधको अनुसन्धान गरी अपराधीलाई नेपालको प्रचलित कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन प्रहरी,प्रशासन समक्ष विज्ञप्ति मार्फत रेडियोले आग्रह गरेको छ। साथै सो आपराधिक क्षतिको कारण मर्मत लगायतको कार्य गर्नु पर्ने भएकोले दुखका साथ रेडियोको नियमित प्रशारण केहि दिन बन्द हुने सूचनाका आम उपभोक्ताहरुलाई यसै विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छु भनिएको छ।


प्रतिक्रिया दिनुहोस