कांग्रेस, जसपा र माओवादी मिलेर सरकार बन्ने निश्चित भएको गगन थापाको दावी



कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बन्ने निश्चित भएको बताउनुभएको छ ।आज नवलपुरमा आयोजित एक कार्यक्रममा उहाँले सरकारको नेतृत्व भने नेपाली कांग्रेसले गर्ने बताउनुभएको हो ।संयुक्त सरकारको प्रधानमन्त्री भने सभापति देउवा हुने उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस केन्द्रीय सदस्य थापाले नेपाली कांग्रेसका सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन अर्को समूह लागि परेको भन्ने कुरा हल्ला मात्रै भएको उहाँको भनाइ छ ।रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शशांक कोइराला मिलेर देउवालाई हटाउन खोजेको कुरा हल्ला मात्रै भएको उहाँले बताउनुभयो ।अहिले कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने नभई उनले देशलाई ओलीकरणबाट जोगाउने बेला भएको बताउनुभयो ।प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला ग¥यो त्यति देशमा संकट गहिरिदै जाने उहाँको भनाइ छ । ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाले आरोप लगाउनुभयो ।


प्रतिक्रिया दिनुहोस