लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आएको देउवाको भनाइ



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभएको छ ।आज नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो ।प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । कम्युनिष्टहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन्,’ उहाँले भन्नुभयो, ‘भूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ ।’नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको देउवाले दाबी गरे । अरु राजनीतिक पार्टीहरु प्रजातन्त्रवादी नै नभएको उहाँको आरोप छ ।


प्रतिक्रिया दिनुहोस