चैत ७ गतेको बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी



प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै उहाँले चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले पटक–पटक बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

‘चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ उहाँले भन्नुभयो, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

ओलीले आफूले पार्टीको काम गर्दै गर्नका लागि केही साथीहरूलाई कामको जिम्मेवारी दिएको बताउनुभयो । ७ गतेको बैठकमा आएपछि छलफल गरेर अघि बढ्ने ओलीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस