सिँगटी हाइड्रोको आईपीओ खुल्यो, यस्तो छ कम्पनी



काठमाडौं । सिँगडी हाइड्रो इनर्जीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणले आईपीओ भर्न पाउने किसिमले निष्काशन गरेको हो । गरेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४५ करोड रुपैयाँमध्ये १० प्रतिशत अर्थात १४ करोड पचास लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले १४ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशन गरेको छ ।

बाँकी २० प्रतिशत अर्थात् २९ करोड बराबरको २९ लाख कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ ।

२६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिएको बताएको छ । कम्पनीको आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले केयर एनपी डबल बीको रेटिङ पाएको छ ।

आयोजनाको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावट २२ करोड रुपैयाँ लागत रहेको छ । कम्पनीले नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस