तरुण दल दोलखाले चैत २६र२७ गते दुई दिन बृहत तरुण भेला तथा युवा प्रशिक्षण कार्यक्रम गर्दै



सुबास बस्नेत,दोलखा,चैत१७।नेपाल तरुण दल दाेलखाले आगामी चैत २६ र २७ गते दुई दिन बृहत जिल्ला भेला तथा तरुण कार्यकर्ता प्रशिक्षण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाल तरुण दल दोलखाका अध्यक्ष दावासाङे शेर्पाले जानकारी दिएअनुसार चैत २६र २७ गते हुने कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक काेईराला,नेताहरु बालकृष्ण खाँड, गगन थापा,जिपछिरीङ शेर्पा,तरुण दल अध्यक्ष जितजंग बस्नेत लगायतका केन्द्रिय नेताले गर्ने भएका छन्।जिल्ला स्तरिय तरुण भेला,मार्चपास एवम् युवा प्रशिक्षण कार्यक्रममा सहभागीताका लागि तरुण दल दोलखाले सबै वडा,स्थानीय तह,क्षेत्रीय समिति सहित सबै तहका समितिहरु, सक्रिय तरुण युवाहरूलाई चरिकोटमा उपस्थिति गराउने भएको छ।
२६ गते भेलाको चरिकोट सातदोबाटो चाेकमा उद्घाटन हुनेछ।सहभागीलाई प्रशिक्षण कार्यक्रम सिमपानी हलमा हुने जानकारी दिए।उद्घाटन समाराेहमा जिल्ला भरका काङ्ग्रेस नेता,कार्यकर्ता,नेविसंघ,लगायतका शुभेच्छुक संस्थाका करिब ५ हजार नेता कार्यकर्ता उपस्थिति गराउने योजना तरुण दल जिल्ला कार्यसमितिले बनाएको तरुण दल दोलखाका सचीव चित्र दाहालले जानकारी दिए।जिल्लाभर बाट सहभागीहुने सम्पुर्ण सहभागीलाई नेता कार्यकर्तालाई तरुण दल दोलखाले खाने बस्ने ब्यबस्था गर्ने जनाएको छ।९ स्थानीयतहका प्रत्येक वडा बाट एक दलित, एक महिला सहित ४ जना प्रतिनिधि जिल्ला भेलामा सहभागी गराउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस