दोलखा कांग्रेसमा साँढे ६ हजार कृयासिल सदस्य थपिए



दोलखा – केही समय भित्रै जिल्ला अधिबेशन गरेर नयाँ नेतृत्व छनौट गर्न लागेको दोलखा कांग्रेसले जिल्लामा सकृय सदस्यको संख्या ६ हजार ५ सय थप गरेको छ ।एक वर्ष अघिदेखि सुरु भएको नेपाली कांग्रेसको कृयासिल सदस्य सम्बन्धि मुख्य जिम्मेवारी पूरा भएको दोलखा कांग्रेसले जनाएको छ । जिल्ला सभापति रुद्र बहादुर खड्काका अनुसार दोलखामा नयाँ ६ हजार ५ सय ९० र पुराना ५ हजार ६० गरि जम्मा कृयासिल सदस्यको संख्या ११ हजार ५ सय ९० पुगेको जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा सबैभन्दा धेरै भीमेश्वर नगरपालिकामा २५ सय ५० जना कालिञ्चोक गाउँपालिकामा १९ सय ५० , विगु गाउँपालिकामा ६ सय ३५ , शैलुङमा ९ सय ३० , मेलुङमा १४ सय पचास रहेका छन् । त्यस्तै तामाकोसी गाउँपालिकामा १३ सय पचास , जिरी नगरमा ९ सय २० , वैतेश्वरमा ९ सय ९० र गौरीशंकरमा ८ सय २५ रहेको जिल्ला सचिव बालकृष्ण आचार्यले जानकारी दिएका छन् । कांग्रेसको आगामी असार ५ गते एकैदिन वडा तहको अधिबेशन , असार ७ गते गाउँपालिका तथा नगर अधिबेशन हुने कार्ययोजना तयार भएको सचिब आचार्यले बताए । मिति परिवर्तन नभए २०७८ साउन १ प्रदेश अन्तर्गतको क्षेत्रीय अधिबेशन र साउन ३ गते जिल्ला अधिबेशन गर्न केन्द्रीय समितिले निर्देशन गरेको दोलखा कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस