स्वास्थ बीमाको तयारीमा जुट्दै दोलखाका स्थानीय तह



सुबास बस्नेत दोलखा,चैत १८।दोलखाका ९ वटै स्थानीयतहमा स्वस्थ बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ।सरकारले ७७ वटा जिल्लाका सबै स्थानीयतह तथा वडामा स्वस्थ बिमा कार्यक्रम पुर्याउने निर्णय गरेसंगै दोलखा जिल्लाका स्थानीयतह अहिले बिमा कार्यक्रमको तयारीमा जुटेका हुन्।जिल्लामा चैत २५ गतेदेखि प्रत्येक स्थानीयतहका वडा -वडामा बिमा कार्यक्रम लैजाने तयारी भइरहेको छ।हिमाली जिल्ला दोलखामा दुई नगरपालिका र सात गाउँपालिका गरि ९ वटै स्थानीय तहका ७४ वटा वडामा स्वास्थ्य विमा कार्यक्रम लागु हुने जिल्ला स्वस्थ कार्यालय दोलखाले जनाएको छ।सरकारको निर्णय अनुसार बिमा कार्यालय स्थानीयतहका टोलटोलमा पुर्याउने लक्षय राखेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए।गाउँमा जीवन् बिमा गर्दा हुने फाइदा तथा बिमा नगर्दा हुने घाटा सम्बन्धि चेतना फैलाउदै स्वास्थ बिमा सम्बन्धि गाउँघरका जनतालाई जानकारी गराउन सहयोगी दर्ताकर्ता राख्न लागिएको उनले बताए।बैतेश्वर गाउँपालिकाले स्वस्थ्य बिमाकार्यक्रम कोलागी  बिमा सहजकर्ता तथा दर्ता सहयोगी कर्ताको रूपमा एक जनालाई छनोट गर्न माग सुरुगरेको बैतेश्वर गाउँपालिका स्वस्थ शाखाका प्रमुख बाबुलाल तामाङले जानकारी दिए।आठ वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा एक जना तालिम प्राप्त सहयोगी दर्ता कर्ता   राख्ने तयारी गरेको तामाङले बताए।स्वास्थ्य बिमाको लागी गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम समेत गरेको उनले जानकारी दिए।बैतेश्वर गाउँपालिकाले सोमबार स्वस्थ्य बिमा सम्बन्धि कार्यक्रम लागु गर्न सोमबार बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ।नेपाल सरकार स्वास्थ बिमा बोर्ड,टेकु काठमाडौ र वैतेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा सोमबार स्वास्थ बिमा कार्यक्रम आधारित अभिमुखिकरण कार्यक्रममा वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरु र शाखाप्रमुखहरु,स्वास्थ्य चौकी ईन्चार्जहरु, वडा सचिव लगायतलाई सहभागी गराएर बिमा कार्यक्रम जानकारी दिएर मंगलबार देखी स्वास्थ बिमा सहयोग एक जना दर्ताकर्ता माग गरिएको स्वास्थ प्रमुख तामाङले जानकारी दिए।तपाईंको स्वास्थ, हाम्रो अठोटभन्ने मुल नाराका साथ २०७२ साल चैत २५ गते सुरु भएको स्वास्थ विमा कार्यक्रम हाल नेपालका ६९ जिल्लामा संचालन भएको छ । ८ जिल्ला बाकी रहेकोमा काठमाडौ र ललितपुर बाहेक दोलखा जिल्ला सहित ६ जिल्लामा यहि चैत २५ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम लागू हुदैछ।स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेले पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्यक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने छ।त्यस्तै अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने छ ।बिमा परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले तोकेको कुनै पनि अस्पतालबाट वार्षिक २० हजार देखि २ लाख रुपैयाँ सम्मकोअस्पताल भर्ना,ओपीडी सेवा, इर्मजेन्सि,ल्याब उपचार,औषधि,फार्मेसी परामर्श लगायतका उपचार सेवा प्राप्त गर्न सक्नेछन्।त्यसैगरी जिल्लाका अन्य स्थानीय तहले पनि २५ गते देखी स्वास्थ बिमाकार्यक्रम सुरु गर्ने तयारी भैइरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस