नेपाल तरुण दल दोलखाले सयौं युवालाई मार्चपास एवम् प्रशिक्षण दिदैँ



सुबास बस्नेत-दोलखा,चैत १८।नेपाल तरुण दल दोलखाले सयौं युवाहरूलाई माचर्पास सम्बन्धि एक दिन प्रशिक्षण दिने भएको छ।आगामी चैत २७ गते करिब ५ सय भन्दा बढी युवालाई प्रशिक्षण दिने निर्णय गरेको तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले जानकारी दिए।तरुण दल दोलखाकाले आयोजना गरेको जिल्ला भेलाको भोलिपल्ट चैत २७ गते जिल्लाको सिमपानी हालमा युवालाई प्रशिक्षण दिने कार्यक्रम तयार भएको उनले बताए।प्रशिक्षण सहभागी हुने सम्पुर्ण युवाहरूलाई खाने बस्नेको ब्यवस्थापन तरुण दललेनै गर्ने छ।जिल्लामा युवाहरुको लागी कुनै खालका
प्रशिक्षण कार्यक्रम नभएकाले तरुण दलले गर्न लागेको नेता शेर्पाले जानकारी दिए।कांग्रेसको भातृ संस्था तरुण दलले आउदो
चैत २६ र २७ गते दुई दिन बृहत जिल्ला भेला तथा तरुण कार्यकर्ता प्रशिक्षण प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।नेपाल तरुण दल दोलखाका अध्यक्ष दावासाङे शेर्पाले जानकारी दिएअनुसार चैत २६ जिल्ला भेला तथा आमसभा र २७ गते तरुण युवा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ।कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक काेईराला,नेताहरु बालकृष्ण खाँड, युवाहरुका ढुक्ढुकी नेता गगन थापा, जिपछिरीङ शेर्पा,तरुण दल अध्यक्ष जितजंग बस्नेत लगायतका केन्द्रिय नेताले गर्ने भएका छन्।कार्यक्रम दोलखाको सदरमुकाम चरिकोट चोक सातदोबाटोमा हुने छ।


प्रतिक्रिया दिनुहोस