नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाले नि:शुल्क स्वास्थ्य शिविर गर्दै



सुबास बस्नेत,दोलखा,चैत १८।नेपाली कांग्रेस तामाकोशी गाउँकार्य समितिले तामकोशी गाउँपालिकामा तीन दिन बृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।कांग्रेस तामाकोशीले आर्थिक संकटका कारण दन्त रोग,आँखा रोग र स्त्रीरोग सम्बन्धि स्वास्थ्य चेकजाँच तथा उपचार गर्न नसकेका गाउँपालिका भित्रका बिरामीलाई स्वास्थ्य रात दिने उदेश्यले आगामी चैत २४ गतेदेखि २६ गतेसम्म शिविर राख्न लागेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवम् तामाकोशी गाउँपालिका वडा नम्बर-१ का वडा अध्यक्ष महेश काफ्लेले जानकारी दिए।शिविरमा दन्त रोग सम्बन्धि सम्पुर्ण उपचार हुने छ।त्यसैगरी आँखा रोगका बिरामीहरुको परिक्षणगरि मोतिबिन्दुको सल्यक्रिया,औसधि वितरण गरिने छ,भने महिलाहरुको पाठेघरको जाच तथा उपचार गरिने छ।३ दिन संचालन हुने शिविरको नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेस नेता काफ्लेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस