बैतेश्वरमा बैकिङ प्रणाली मार्फत सामाजीक सुरक्षा भत्ता वितरण सुरु,अतिअशक्तलाई वडामै



सुबास बस्नेत दोलखा,चैत २०।दोलखाको बैतेश्वर गाउँपालिकाले सामाजीक सुरक्षा भत्ताको रकम बैंक मार्फत दिन सुरु गरेको छ। नेपाल सरकारको सबै प्रकारको सामाजीक सुरक्षा भत्ता बैकिङ प्रणाली बाट वितरण गर्नु पर्ने निती बमोजीम पालिकाले पनि चालु आर्थिक वर्षको दोस्रो चौमासिक देखि बैकिङ प्रणाली बाट सामाजीक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । उनका अनुसार वडा नम्बर एक देखि आठ सम्मका लाभग्राहिहरुले पालिकामा रहेको प्राइम कर्मसियल बैँक मार्फत भत्ता बुझन सक्ने छन् । पालिकाले चैत २८ गते सम्म भत्ता वितरण गर्ने जनाएको छ । पुर्ण अपाङ्गता भएका र हिँड्डुल गर्न नसक्ने बृद्धा बृद्धहरुको हकमा भने चैत २९ गते सम्बन्धीत वडा कार्यालय मार्फत भत्ता वितरण गरिने व्यवस्था मिलाइएको बैतेश्वर गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस