दोलखामा पनि मनाइयो ६४औं राष्ट्रिय सहकारी दिवस



दोलखा,चैत २०।राष्ट्रिय सहकारी दिवसको अवसरमा दोलखामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ।मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दोलखामा रहेका सहकारी सहकारी संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।दिवसको अवसरमा आज विहान जिल्ला सहकारी संघ दोलखाले चियापान तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी जिल्लामा रहेको सहकारी संस्थाहरुले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले जिल्ला स्थित सहकारी संस्थाहरुले सम्पन्न गरेका कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।सो अवसरमा गराईएको जानकारी अनुसार ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गत चैत्र १३ गते हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ । यसै गत चैत्र १० गते भीमेश्वर नगरक्षेत्रका सहकारी संस्था र भीमेश्वर नगरपालिका विच छलफल कार्यक्रम सम्पन्न भएको छ भने गत चैत्र १४ गते मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भीमेश्वर नगरपालिका मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ भने गत चैत्र १९ गते सो सहकारी संस्थाले आफ्ना असल ऋणीहरुलाई परिचय पत्र वितरण गरेको छ । दिवसको अवसरमा गत चैत्र १९ गते जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ भने जिरीमा मावि स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । गरै गरी गत चैत्र १७ गते जिल्ला सहकारी संघको आयोजना, विगु गाउँपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा सिंगटीमा रक्तदान कार्यक्रम आयोजना गरी ४२ पिन्ट रगत संकलन गरिएको कार्यक्रममा अध्यक्ष चौलागाईले जानकारी दिनु भयो ।यसै गरी गत चैत्र १८ गते राष्ट्रिय सहकारी दिवसको अवसरमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वैत्यश्वर गाउँपालिकाको मैनापोखरी बजारमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरेको कार्यक्रममा जानकारी गराईयो । सो रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाले गरेको समेत सो अवसरमा जानकारी गराईयो ।यसै गरी चैत्र १९ गते जिल्ला सहकारी संघको आयोजना तथा समन्वयमा विभिन्न कार्यक्रम सम्पन्न भएको जानकारी छ । जस अनुसार संघ र जनहित सहकारीको संयुक्त प्रयासमा गौरीशंकर बालगृहका वालवालिकाहरुलाई ३५ हजार बराबरको खाद्य र स्टेसनरीका सामग्री वितरण गरिएको छ भने भीमेश्वर बहिरा प्राथामिक विद्यालयमा प्रगति सहकारीद्धारा २० हजार बराबरको स्टेसनरी एवं सरसफाईका सामग्री वितरण गरिएको छ ।यसै गरी कार्यक्रममा गराईएको जानकारी अनुसार आमाको माया छात्रावास रामकोटमा हाम्रो जनकल्याण सहकारीले पिउने पानीको बोतल र डिम्पेनसर वितरण गरेको छ भने आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्दमा परोपकार महिला सहकारीद्धारा २० हजार र सारथी सहकारीद्धारा १० हजार बराबरको गरी ३ वटा डलब बेडको खाट उपलब्ध वितरण गरिएको छ, भने दिवसको अबसरमा वैत्यश्वर गाउँपालिकामा रहेका विभिन्न सहकारी संस्थाहरुको पहलमा स्थानीय स्वास्थ्य केन्द्रमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।दिवसको अवसरमा जनसचेतन सहकारीको आयोजनामा आजबाट बैत्यश्वर गाउँपालिका स्तरिय जनसचेतन कप भलिवल प्रतियोगिता हनुमन्तेश्वर माविमा सुरु भएको जानकारी गराईयो भने कालिञ्चोक गाउँपालिका स्तरिय सहकारी सञ्जाल र गाउँपालिकाको आयोजनामा सुनखानीमा गाउँपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ, भने तामाकोशी गाउँपालिकामा गाउँपालिका र स्थानीय सहकारी संस्था विच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पनि सो कार्यक्रममा जानकारी गराईयो ।


प्रतिक्रिया दिनुहोस