कांग्रेस दोलखाको विपद व्यवस्थापन समितिद्वारा नयाँ वर्ष २०७८लाई स्वागत तथा शुभकामनाआदानप्रदान



सुबास बस्नेत दोलखा,चैत २१।नेपाली कांग्रेस दोलखाको विपद व्यवस्थापन समितिले सनिवार काठ्मान्डौमा नया वर्ष २०७८ को आगमनलाई स्वागत गर्दै चियापान तथा भेटघाट कार्यक्रम आयोजना सम्पन्न गरेको छ। समितिले आगमि दिनमा विपदमा परेकालाई सहयोग निरन्तरता प्रदान गर्न यसअघि गरियका सहयोगको सार्वजनिक गर्दै आगमी दिनको लागि गरिने सहयोगको विषयमा सवै संगअपिल गरेको समितिका अध्यक्ष उध्योगपति एवं युवा नेता प्रभुराम श्रेष्ठले जानकारी दिए।त्यसैगरी नयाँ वर्षको शुभकामना प्रदान गर्दै नेपाली कांग्रेसका पुर्व उपसभापति एवम् पुर्व उपप्रधानमन्त्री एवं संगठन विभागका  सम्योजक गोपालमान श्रेष्ठले सम्वोधन गर्दै समितिले गरेको कामको चर्चा र बधाई तथा शुभकामना दिएका थिए।कार्यक्रम पुर्व केन्द्रिय सदस्य माननीय जिपछिरिग लामा र दिव्यमणी राजभन्डारी,प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले,कांग्रेस दोलखा पार्टी सभापति रुद्र बहादुर खड्का लगायतका नेताले मन्तव्य राखेका थिए।सोही सभामा उध्योगी व्यवसायी मुकेश मित्तलले पाँच लाख आर्थिक सहयोगको गरेका छन् भने अन्य नेता तथा व्यवसायीले पनि सहयोग गर्ने प्रतिबद्ध गरेका छन।भेटघाट सभामा काठ्मान्डौमा उपत्यकामा बसोवास गर्ने नेपाली कांग्रेस संग आवद्ध रहेर विभिन्न तहमा विशिष्ट योगदान गर्ने ६५ वर्ष नाघेका जेष्ठ ब्यक्तित्वहरुलाई नेपाली कांग्रेस केन्द्रवाट मनोनित जेष्ठ राजनीतिज्ञ सभाका सदस्यको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। आजै पार्टी कार्यलयको लागि जग्गा खरिद नेताहरुको सालिक राख्न र कार्यलयको भौतिक संरचना निर्माण गर्न आर्थिक सहयोग गर्नेलाई समेत  प्रसंशपत्र प्रदान गरेको नेपाली कांग्रेस दोलखा पार्टी सभापति रुद्र बहादुर खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस