जनसचेतन कपको उपाधी छात्र तर्फको कालिढुङ्गा मा.वि मिर्गेलाई,छात्रा तर्फको हनुमन्तेश्वर मा.वी काब्रेलाई



सुबास बस्नेत दोलखा,चैत २२।दोलखाको बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा रहेको जिल्लाकै ठुलो तथा पुरानो जनसचेतन बचत ऋण सहकारी सहकारी दिवसको अवसरमा बैतेश्वर गाउँपालिका भित्र आयोजना गरेको विद्यालय स्तरीय भलिबल प्रतियोगिता सनिवार सकिएको छ।साकोस द्वारा आयोजित वैतेश्वर गाउँपालिका  माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फ कालिढुङ्गा मावि मिर्गे पहिलो भएको छ।६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो शुक्रवार र आज शनिबार हनुमन्तेश्वरमा आयोजित खेलमा छात्र तर्फको फाइनल खेलमा विष्णु मावी गैरिमुदिलाइ हराउँदै कालिढुङ्गा मा.वि मिर्गे प्रथम भएको हो।प्रतियोगिता छात्र तर्फ विष्णु मा.वि -द्धितिय, जनज्योती मा.वि -तृतिय भएको छ।त्यसैगरी छात्रा तर्फको खेलमा हनुमन्तेश्वर मावी मैनापोखरी प्रथम भएको छ।जनज्योती मा.वि – द्धितिय,विष्णु मा.वि -तृतिय भएको छ।प्रतियोगिता पहिलो हुनेले दस हजार,दोस्रो हुने सात हजार र तेस्रो हुने विद्यालयले पाँच हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्रप्राप्त गरेका छन्।खेलकुद क्षेत्रमा सहयोग गर्ने उदेश्यले सहकारीले भलिबल प्रतियोगिताआयोजना गरेको जनसचेतन साकोसकाअध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए।खेलमा सफल हुने विद्यार्थी तथा विद्यालयलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पुरस्कार वितरण गरेका छन्।


प्रतिक्रिया दिनुहोस