राष्ट्रिय समाचार समिति (रासस)को सम्पर्क कार्यालय चरिकोटमा



राष्ट्रिय समाचार समिति राससको नवस्थापित दोलखामा सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज बिहान अवलोकन गर्दै कार्यालय खोलेका प्रति खुशी व्यक्त गनु भयो ।
मन्त्री गुरुङले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गरेको थियो । अध्यक्ष अधिकारीले उक्त कार्यालयलाई अब स्थानीय स्वामित्वको महत्वपूर्ण निकायका रुपमा स्थापित तथा विकास गर्न रासस सक्षम हुने भनाइ राख्नुभयो । महाप्रबन्धक शर्माले मन्त्रालय र भिमेश्वर नगरपालिका तथा जिल्ला समन्वय समितिको सहयोगका लागि आग्रह गनुभयो । हिमाली जिल्ला दोलखाको तथा छिमेकी जिल्लाहरुलाई लक्षित गरी चरिकोटमा संचालनमा ल्याएको कार्यालयमा प्रभु जिरेल कार्यालय प्रमुख रहनु भएको छ । राससका दोलखाका कार्यालय प्रमुख प्रभु जिरेलले सरकारी समाचार संस्था दोलखामा जिल्लामा सेवा दिने उदेश्यले संचालनमा आएको र हिमाली जिल्ला तथा आसपासको क्षत्रहरुमा समेत सेवा प्रदान गर्ने वताउनु भयो ।


प्रतिक्रिया दिनुहोस