वैतेस्वर गाउँपालिका स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड बिहिवार देखी सुरु



सुबास बस्नेत दोलखा,चैत२७।वैतेश्वर गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड कप २०७७ बिहीबार देखी सुरु भएको छ। प्रतियोगिता हनुमन्तेस्वर मावि (नमुना) विद्यालय मैनापोखरी सुरु भएको हो।प्रतियोगिताको बिहिवार नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य नेता जिपछीरीङ लामाले उद्घाटन गरेका छन्।३ दिन सम्म चल्ने खेलमा बैतेश्वर गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयले सहभागी जनाउने बैतेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य देवराज खत्रीले जानकारी दिए।कार्यक्रमको उद्घाटनको अवसर पारेर बैतेश्वर गाउँपालिकाले बैतेश्वर गाउँपालिका लगायतका ९ स्थानीयतहलाई एम्बुलेन्स सहयोग गर्ने नेता शेर्पालाई बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले सम्मान पत्रका साथ सम्मान गरेका छन्।


प्रतिक्रिया दिनुहोस