तेस्रो रास्ट्रपति रनिङ शिल्ड बैतेश्वर कपको भलिबल खेलमा कालिढुङ्गा माबी मिर्गे प्रथम



सुबास बस्नेत-दोलखा,चैत २८।वैतेश्वर गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड कप २०७७ सनिवार सम्पन्न भएको छ।गत बिहिवार देखी मैनापोखरीमा रहेको  हनुमन्तेस्वर माध्यमिक (नमुना) विद्यालय सुरु भएको खेलमा भलिबल सहित २० वटा खेल समावेश गरेर सुरु भएको प्रतियोगितामा भलिबल तर्फ कालीढुङ्गा माध्यमिक विद्यालय प्रथम भएको छ।आजको फाइनल खेलमा कालीढुङ्गाले विष्णु माध्यमिक विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको थियो। २०वटा खेल समावेश गर्दै गाउँपालिकाले सुरु गरेको तेस्रो रास्ट्रपति रनिङ शिल्डको यस वर्षको उपाधी भने,हनुमन्तेश्वर माध्यमिक विद्यालयले हात परेको छ।हनुमन्तेश्वर माध्यमिक विद्यालयले १५पदक सहित पहिलो स्थान हासिल गरेको हो।त्यसैगरी प्रतियोगितामा कालीढुङ्गा माध्यमिक विद्यालय मिर्गेले ११ पदक सहित दोस्रो स्थान हासिल गरेको छभने,बैतेश्वर गाउँपालिका २ मा रहेको जनज्योति माध्यमिक विद्यालयले ९ पदक सहित तेस्रो स्थान हासिल गरेको छ।गाउँपालिका भित्र रहेका ८ वटा माध्यमिक विद्यालय सहभागी खेलमा भलिबल तर्फ कालिढुङा माध्यमिक विद्यालय प्रथम,विष्णु माध्यमिक विद्यालय गैरिमुदी दोस्रो,जनज्योति माध्यमिक विद्यालय गैरिमुदी तेस्रो भएको बैतेश्वर गाउँपालिका जनप्रतिनिधि देवराज खत्रीले जानकारी दिए।त्यसैगरी छात्रा तर्फको भलिबल खेलमा हनुमन्तेश्वर माध्यमिक प्रथम,जनज्योति माध्यमिक विद्यालय गैरिमुदी-२,दोस्रो र विष्णु माध्यमिक विद्यालय गैरिमुदी-१तेस्रो भएको छ।विजयीहुने खेलाडीलाई सनिवार बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले पुरस्कार वितरण गरेका थिए।रास्ट्रपति कप खेलमा सहभागी हुँदै बिजयी हुने खेलाडीले क्रमश:प्रन्ध हजार,दस हजार,पाँच हजार नगत सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।खेलको उद्घाटन सांसद जिपछीरीङ लामाले गरेका थिए।प्रतियोगिताकोअवसर पारेर बैतेश्वर गाउँपालिकाले बैतेश्वर गाउँपालिका लगायतका ९ स्थानीयतहलाई एम्बुलेन्स सहयोग गर्ने सांसद शेर्पालाई बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले सम्मान पत्रका साथ सम्मान गरेका थिए।


प्रतिक्रिया दिनुहोस