२१वर्ष देखि सातदोबाटो चोकको राष्ट्रिय झण्डाको स्तम्भको संरक्षणमा रमेका चरिकोटका:ऋषि-बा



सुबास बस्नेत-दोलखा चैत २८,दोलखाको सदरमुकाम चरिकोट बजारको सुन्दरताको रूपमा सातदोबाटो चोकमा रहेको नेपालको राष्ट्रिय झण्डा राखिएको स्तम्भको संरक्षण विगत २१ वर्ष देखी चरिकोट बजारका एक पुराना ब्यापारी तथा समाजसेवी ऋषि प्रसाद न्यौपानेले निरन्तर गर्दै आएका छन्।समाजसेवी न्यौपानेले २०५६ साल देखी स्तम्भको रेखदेख देखी वर्सौनी रङ लगाउने गर्छन्।न्यौपाने भन्छन् चोकमा धेरै सवारी ओहोरदोहोर गर्ने हुँदा झण्डा र स्तम्भमा लगाएको रङ्ग चाडै खुइलिने उक्किने हुँदा ६ महिनामै रङ्ग लगाउनु पर्ने भएको उनले बताए।चरिकोटको सुन्दरता थप बढाउन उनले ६५ वटा गमला राखेका छन्। स्तम्भ वरिपरि थरी-थरिका फुलका गमला राखेका छन्।उमेरले बुढेसकालमा लागेका समाजसेवी न्यौपाने हरेक दिन बिहान-बिहानै गमलामा पानी हाल्ने गर्छन्।जिल्ला भित्रीने पर्यटक हरुले राष्ट्रिय झण्डाको स्तम्भमा गएर फोटो,सेल्फी खिच्दा आफुलाइ खुसी लाग्ने गरेको उनले बताए।न्यौपानेले सिजन-सिजनमा फुलका बोट र गमला परिवर्तन गर्दैँ आएका छन्।


प्रतिक्रिया दिनुहोस