नेविसंघको ५२औं स्थापना दिवसको अबसरमा दोलखामा खेलकुद सामाग्री वितरण



दोलखा,बैशाख ६।नेपाल विद्यार्थी संघ दोलखाले स्थापन दिवसको अवसरमा खेलकुद सामाग्री वितरण गरेको छ।
नेविसंघ दोलखाले सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पस र कालिन्चोक माविका विद्यार्थीलाई भलिबल लगायतका खेलकुद सामाग्री वितरण गरेको हो।खेलकुद सामाग्री बितरण तथा विद्यार्थी भेटघाट कार्यक्रम नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा र नेपाली काङ्ग्रेस दोलखाका नेता एबम नेपाल तामाङ संघका केन्द्रिय महासचिव,नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष बर्मा लामाको विशेष आतिथ्यता सम्पन्न भएको हो।कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचीव सन्तोष रिमाल ,बाल कृष्ण आचार्य( सुर्य ) पार्टी सहसचिव एबम वडा अध्यक्ष हरिशरण सिवाकोटी ,नेका दोलखा प्रदेश सभा (ख) का सभापति जयराम श्रेष्ठ ,क्याम्पस प्रमुख शान्त बहादुर केसि ,कालिन्चोक माध्यमिक विद्यालयका साहायक प्र.अ गणेश श्रेष्ठ , पत्रकार शम्भु गौतम ,नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष भिम खड्का,पुर्व अध्यक्ष राकेश श्रेष्ठ लगायतले विद्यार्थीको उज्ज्वल भविस्यको काममा गर्दै खेलकुद सामाग्री वितरण गरेका थिए। कार्यक्रम नेपाल विद्यार्थी संघ भिमेश्वर नगरपालिका नगर संयाेजक राजन बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो।नेपाल विद्यार्थी सङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन भएको नेता र तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना विसं. २०२७ सालमा भएको संयाेेेजक बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस